हिमाल दैनिक
तिहार सक्किएलगत्तै सुरु भयो छठ पर्व

मथिलाञ्चलसहित मधेस र मधेसी समुदायमा विशेषगरी मनाइने चारदिने छठ उत्सव मंगलबारदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत पछिल्लो समयमा राजधानी काठमाडौं लगायत देशभर धुमधामका साथ सुरु भएको हो। यसपर्वको पहिलो दिन व्रतालुहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछन्। त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ।

खर्नाका दिन व्रतालुहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (विनानुन हालेको) खानेकुरा खाने चलन छ। त्यस्तै षष्ठीका दिन व्रतालुहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अघ्र्य अर्पण गर्नेछन्। त्यसको भोलिपल्ट एकाबिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न गर्ने परम्परा छ।

यसैबीच लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ।

उपत्यकाको गौरीघाट, कमलपोखरी, विष्णुमति, कुपण्डोललगायत काठमाडौँका बिभिन्न स्थानमा पूजास्थलको निर्माण सुरु गरिएको हो।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update