हिमाल दैनिक
दुर्गा प्रसाईलाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति

साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतले पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

सामाजिक सञ्जालबाट नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले मंगलबार पक्रउा गरेलगत्तै बुधबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौमा उपस्थित गराइएका प्रसाईलाई अदालतले हिरासतमा राखी अनुसन्धान गर्न ५ दिनको अनुमति दिएको हो।

बुधबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएका प्रसाईलाई न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।
 भक्तपुरस्थित निवासबाट मंगलबार पक्राउ गरेका प्रसाईलाई पक्राउ गरेको हो ।

प्रधानमन्त्री ओलीले गैरकानूनी रपमा कम्बोडियामा अर्बौ रुपैयाँ लगानी गरेको भन्दै सामाजिक संजालमार्फत सूचना सम्प्रेषण गरेपछि सीआइबीको टोलीले मंगलबार साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा प्रसाईलाई उनकै भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

सीआइबीले नियन्त्रणमा लिएलगत्तै साइबर अपराध सम्बन्धी कानूनी अपराधको विषयमा अनुसन्धानका लागि मातहतकै साइबर व्यूरोमा पठाएको थियो। यसरी पक्राउ परेका प्रसाईलाई कानून बमोजिम म्याद थपको माग गर्दै आजै अदालतमा उपस्थित गराइएकोमा अदालतले पाँच दिनको हिरासत अनुमति दिएपछि अब उनीमाथि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँने छ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update