हिमाल दैनिक
सहकारी पीडित प्रदर्शन गर्दै फेरि उत्रिए सडकमा

सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

सहकारी बचतकर्ताको रकम लुटिएको भन्दै उनीहरुले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले सरकारले आफुहरुसंग यसअघि गरेको सहमति कार्यान्वयन गर्न र आफ्नो बचत सुरक्षित रुपमा फिर्ता दिलाइदिन समेत माग गरेका छन्।

सहकारी पीडितहरुको निर्णायक आन्दोलन भन्दै आयोजना गरेको प्रदर्शनका सहभागीहरुले पीडितहरुको बचत फिर्ता सुनिश्चित गर, सहकारीको हालको ऐन खारेज गर, सहकारी समस्या छिटो समाधान गर लगाएका प्लेकाड प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितको समस्या समाधान गर्न राजनीतिक दलका नेता लगाएत सवै गम्भीर हुनुपर्ने बताए।

माइतिघरमा प्रदर्शन गरेपनि सहकारीपीडितहरु प्रदर्शन गर्दै नयाँ बानेश्वरतर्फ अघि बढेका थिए। सो क्रममा प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ।

देशभरीका थुप्रै ऋण, बचत तथा सहकारीमा सर्वसाधारण जनताले बचत गरेको अर्बौँ रुपैयाँ बचत हिनामिना र दुरुपयोग हुँदा हजारौँ बचतकर्ताको आर्थिक, सामाजिक र पारिवारिक स्थिति समेत संकटमा पर्दैगइरहेको छ।

सोही विषयमा संसदले गलठ गरेको सहकारी छानविन समितिले दजनौँ सहकारीको आर्थिक व्यवस्थापनबारे प्रश्न मात्रै उठाएको छैन, त्यसका संचालकदेखि बचत हिनामिनामा संलग्न आरोपीहरुलाई पनि राज्यले कानूनी कारबाही गर्न सुझाएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update