हिमाल दैनिक
खोला र सडकको मापदण्ड खारेजीको माग गर्दै सरोकारवालाहरु सडकमा

उपत्यकाका खोला तथा सडकको मापदण्ड पूर्ण रुपमा खारेजी गर्नुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ।

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको नेतृत्वमा खोला तथा सडक मापदण्ड गैरन्यायीक भएको दाबी गर्दै त्यसको खारेज गर्नुपर्ने भन्दै बिहिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन भएको हो।

त्यसअघि प्रदर्शनमा सहभागीहरुले कुपण्डोल पुलबाट माइतिघरसम्म खवरदारी र्याली समेत निकालेका थिए। प्रदर्शनमा सहभागीहरुले मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइदैन, जनतालाई उठिबास गर्ने गैर न्यायीक सडक तथा खोला मापदण्ड खारेज गर, गैरन्यायीक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर, आवास र सम्पतिको संवैधानकि हकको ग्यारेन्टी गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा उपत्यका सम्पदा संरक्षण अभियान्ता सुमन सायमीले एकीकरण, अधिग्रहण, बिकास लगाएतका नाममा जनताको भूमि खोसिदै आएकाले अव कुनै प्रकारको हस्तक्षेप सैह्य नहुने बताए।

अव आफुहरुको लडाई भूमिको रक्षाका लागि हुने उनले बताए। उनले जनताको निजी सम्पत्ति महानगरले गैरकानूनी तवरले लुटिरहेको आरोप समेत लगाए।

यसअघि सर्वोच्च अदालतले समेत उपत्यकाका नदी किनारमा रहेको अतिक्रमित भूभागको विवादमा खोलाको दायाँ, वायाँ २० मिटरको मापदण्ड कायम गर्नु पर्ने आदेश दिएपछि विशेषगरी काठमार्डौ शहरभित्रका नदी किनारका बासिन्दाहरु भयभित हुँदै विरोधमा उत्रिरहेका छन्।

उनले संविधानमा नै आवास र सम्पत्तिको हक दिएको अवस्थामा डोजर आतंक गरेर जनताको अधिकार खोस्न खोजेको धारणा राखे।

प्रदर्शनकारीहरुले खोला तथा सडक मापदण्ड खारेजी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update