हिमाल दैनिक
राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना
Photo: Office of the President of Nepal

राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।

विगत केही वर्षदेखि प्रोस्टेटको समस्याबाट पीडित राष्ट्रपति पौडेल उक्त समस्याको शल्यक्रियाका लागि बुधबार बिहान अस्पताल भर्ना भएका हुन्।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले जारी गरेको विज्ञप्ति अनुसार, स्वास्थ्यउपचारका लागि राष्ट्रपति पौडेललाई अस्पतालमा भर्ना गरिएको बताइएको छ।

अस्पतालमा पौडेलको स्वास्थ्य उपचारका लागि संलग्न चिकित्सकहरुका अनुसार, पौडेलको प्रोस्टेटमा देखिएको समस्यालाई सम्भवत् आजै शल्यक्रिया गरी उपचार गरिने छ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update