नेपालमा स्थापित व्यापारिक समूह चौधरी ग्रुप मातहतको इलोक्ट्रोनिक कम्पनी सिजी ले सेन्सेईको अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ।
सिजी कम्पनीले दिएको जानकारी अनुसार, जापानी इन्जिनियरिङद्वारा विकसित यस मेसिनले आफ्ना ग्राहकहरुको सुविधाका लागि दक्षता, गुणस्तर र नवीनतम प्रविधिलाई नयाँ स्तरमा प्रयोग गर्दै नयाँ वाशिङ मेसिन बजारमा ल्याएको हो।
बजारमा उपलब्ध सेन्साईको फ्रन्ट लोड वाशिङ मेसिनमा खासगरी ५ वटा विशेषताहरू रहेको बताइएको छ।
जसमा पावर स्टिम कपडाको गहिरो सरसफाइ र कोमल देखिने प्रभावकारी प्रविधि पहिलो रहेको छ भने दोस्रो बिएलडीसी इन्जभर्टर मोटर जडित मेशिनले उर्जा बचत गर्ने मोटर समेत जडित छ। जसको प्रयोगमा ग्राहकले १० वर्षको वारेन्टी सुविधा समेत उपभोग गर्न पाउने छन्।
यसैगरी स्टेन ट्रीटमेन्टको सुविधाले कपडामा रहेको गहिरो दागसमेत सजिलै हटाउन सक्नुका साथ केबल १५ मिनेटको द्रुत गतिमै कपडालाई धुलाई गर्न सकिन्छ। उक्त मेशिनमा रहेको ८ किलोको क्षमताले ठूलो परिवारका लागि समेत आवश्यक सेवा उपलब्ध गराउन सक्ने बताइएको छ।
सेन्सेई वाशिङ मेसिनले केवल कपडा सफा मात्र होइन, समय र ऊर्जा दुवै बचत गर्न मद्दत गर्ने यसको आधिकारिक बिक्रेता सिजी कम्पनीले गरेको छ।
सेन्सेईको नयाँ वाशिङ मेसिनले नेपाली ग्राहकहरूको जीवनशैलीलाई सरल, सफा र ऊर्जा(कुशल बनाउन महत्वपूर्ण योगदान गर्नेछ।
सिजी इलेक्ट्रोनिक्सले नेपाल भरि सेन्सेई ब्रान्डको समान बिक्रि वितरण गर्दै आइरहेको छ। वाशिंग मेसिन साथै सेन्सेई ब्रान्डका चेस्ट फ्रीज़र, शोकेस, कुलर, टि. भी., फ्रिजहरु पनि नेपाली बजार मा सर्वत्र उपलब्ध छ।
सेन्सेई को अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाल अधिराज्य भरि सेन्सेर्इको अधिकारिक डिलर वा कम्पनी को शोरूम बाट खरिद गर्न सकिन्छ।