नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान गठबन्धन सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन्।
शनिबार विराटनगरमा नेपाली कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउबाले राजनैतिक स्थायीत्व र सरकारको स्थिरताका लागि वर्तमान गठबन्धन बनाइएकाले यसलाई २०८४ सम्म निरन्तरता दिइने समेत बताए।
वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुबीचको समझदारी अनुसार, नेपालले कुनै पनि मुलुकसंग ऋण लिने कुरामा सहमत नरहेकोे जिकिर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा पनि प्रधानमन्त्री ओलीले चीनसँग कुनै ऋण सम्झौता नगरेको भन्दै देउवाले उनलाई धन्यवाद समेत दिए।
सभापति देउबाले वडा वडामा पार्टीको संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिदै प्रदेश सम्मेलनबाट आएका सुझाव र मार्गदर्शनहरुलाई केन्द्रिय समितिमा लगेर छलफल गराइने जानकारी पनि दिए।
कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संसोधनको प्रक्रिया शुरु भईसकेकोले भ्रम र्छर्ने कार्य नगर्न आग्रह गरे।
सरकारले विधिको शासन कायम गर्न लाग्नुपर्ने बताउदै अपराध र भ्रष्टाचार गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याउनै पर्ने उनले बताए।
थापाले चीनसँगको बहुचर्चित विकास सहायता सम्बन्धी कार्यक्रम बिआरआईको सम्झौताबारे अनावश्यक भ्रम र आक्षेप आएकाले संसदमा लगेर छलफल गराउनुपर्ने माग समेत गरे।
नेपाली कांग्रेस कोशी प्रदेश समितिले आयोजना गरेको सम्मेलनमा सहभागि केन्द्रिय नेताहरुले पार्टीलाई एक जुट र एकतावद्ध बनाउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्ने जिकिर गरेका थिए।
अहिले पनि पार्टीर्भित्र गुट उपगुटको झगडा रहेकाले पार्टीनेर्तृत्वले पार्टीलार्ई एकताबद्ध बनाउन योजना ल्याउनुपर्ने बताएका थिए।
यसका बाबजूद पार्टीभित्र बरियताको विवादका कारण संस्थापन इतर समूहका नेता शेखर कोइराला र उनका कतिपय समर्थकहरुले भने शनिबारको प्रदेश सम्मेलनमा सहभागी नभई विरोध जनाएका थिए।