हिमाल दैनिक
छायादेवी कम्प्लेक्स भत्काउन मागगर्दै राधानीमा प्रदर्शन

ठमेलको १५ तल्लाको व्यापारिक प्रयोजनमा रहेको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने माग गर्दै सम्पदा संरक्षण समाजले काठमाडौंमा प्रदर्शन गरेको छ।

ठमेलस्थित व्यापारिक भवन छायादेवी कम्प्लेक्स ऐतिहासिक सार्वजनिक पोखरी मिचेर बनाइएको दाबी गर्दै उक्त स्थानमा पोखरी नै कायम हुनु पर्ने माग राखी आइतबार काठमाडौंको सुन्धरा क्षेत्रमा प्रदर्शन भएको हो।

लिच्छविकालीन सम्पदा, इतिहास मेटाएर व्यापारिक भवन छायादेवी कम्प्लेस बनाउने कार्यमा संलग्नलाई कारवाही गर्दै उक्त सम्पदा पुनः सरकारको स्वामित्वमा ल्याउन समेत समाजले माग गरेको छ।

प्रदर्शनकारीहरुले छाँयादेवी कम्प्लेक्स बहिष्कार गरौ, कमलपोखरी पुर्नस्थापित गरौ, सम्पदा संरक्षण अभियानमा सवै नेपाली एक हौ लगाएतका प्लेकार्ड प्रदर्श गरेका थिए।

विक्रमशिल महाविहारको ऐतिहासिक कमलपोखरी र त्यसको डिल पुरेर व्यापारिक कम्प्लेस छायासेन्टर निर्माण गरेको भन्दै संरक्षण अभियन्ताहरूले पनि ऐतिहासिक पोखरीमा बनाइएको उक्त कम्प्लेस भत्काउनुपर्ने माग गरेका हुन्।

सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा रहेको अवस्थामा अदालतबाट देशको अमूल्य सम्पदा विनास नहुने गरि न्यायसम्पादन हुने समाजको विश्वास छ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update