हिमाल दैनिक
प्रधानमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला पुग्दा प्रधानमन्त्री ओली विरूद्द रास्वपाको विरोध

गत असारको अन्तिम समयमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई विस्थापित गर्दै देशको प्रधानमन्त्री बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक गृहजिल्ला झापा पुग्दा विरोधको सामना गर्नु परेको छ।

प्रधानमन्त्री बनेपछि पहिलो पटक दुई दिनको कार्यक्रम बनाएर झापा आइतबार झापा पुगेका प्रधानमन्त्रीलाई उनकै गृहजिल्लाको मेचिनगर इट्टाभट्टा नजिकै उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।

आइतबार झापाको मेचिनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरुले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर उनीविरुद्ध नाराबाजीसहितको प्रदर्शन गरेका हुन्।

रास्वपा सभापति रवि लामिछानेलाई तत्कालिन गोरखा मिडिया नेटवर्क प्रा.लि.को प्रबन्ध निर्देशक हुँदा पोखरा, बुटबल, चितवन, काठमाडौं लगायतका विभिन्न स्थानमा संचालित बचत तथा ऋण सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेको तथा उक्त कार्यमा संगठित अपराध गरेको लगायतका आरोपमा राज्य र प्रहरी प्रशासनले गत कार्तिक २ गतेदेखि नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेपछि रविका समर्थकहरुले उक्त कदमलाई राजनीतिक राजनीतिक प्रतिशोधको मुद्दा बनाउँदै राजनीतिक बन्द गर, प्रहरी दमन मुर्दावाद जस्ता नारा लगाएर प्रधानमन्त्री ओलीको विरोध गरेका हुन्।

बिरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको बताएको छ।

आज र भोलि गृहजिल्ला झापामा रहनेगरी पुगेका प्रधानमन्त्री ओलीले विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै दमकमा निर्मित बहुचर्चित व्यवसायिक कम्प्लेक्सको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update