नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त रहेको प्रदेश सभा सदस्य पदमा सुनिता थापालाई निर्वाचित गराउन निर्वाचन आयोग समक्ष सिफारिस गरेको छ।
तत्कालीन प्रदेश सभा सदस्य विमला गौचनको केही समयअघि भएको निधन पश्चात रिक्त रहेको उक्त पदमा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी कानूनी व्यवस्था बमोजिम पदपूर्तिका लागि निर्वाचन आयोगले कांग्रेस पार्टी कार्यालयमा पत्राचार गरिसकेको थियो।
जसको आधारमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्याङ्जा जिल्ला निवासी सुनिता थापालाई यसअघि पार्टीले आयोगको बन्दसूचिमा समावेश गरी पठाएको महिलातर्फ आदिवासी जनजाति समूहको अपाङ्गता भएको व्यक्तिमध्ये माथिल्लो प्राथमिकताका आधारमा प्रदेश सभा सदस्यमा निर्वाचन गराउने निर्णय गरेको हो।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय