नेपालमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेलप्रति खेलप्रेमी दर्शकहरुको बढ्दो रुचिलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले आफ्ना ग्राहकहरुमाझ थप रोमाञ्चक अफर ल्याएको छ।
नेपालमा प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सीजी इलेक्ट्रोनिक्सले जारी गरेको विज्ञप्ति अनुसार, सीजी इलेक्ट्रोनिक्सका कुनै पनि ब्रान्डको उत्पादन खरिद गर्दा, ग्राहकहरूले लक्की ड्र मार्फत निशुल्क एनपीएल टिकट जितेर कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रत्यक्ष खेल हेर्ने मौका पाउने भएका छन्।
सीजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका, क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू रहेका छन्। यी ब्रान्डहरूले ठूला घरेलु उपकरणहरू जस्तै टिभी, वाशिङ मेसिन, फ्रिज, एयर कण्डिसनर आदिका साथै साना घरेलु उपकरणहरू जस्तै एयर फ्रायर, हीटर, गिजर, भ्याकुम क्लिनर, प्रेशर कुकर, आयरन, कफी मेकर आदि उपलब्ध गराउँछन्।
यो विशेष अभियानले उत्कृष्ट उत्पादन खरिद गर्नका साथै क्रिकेटको प्रत्यक्ष मज्जा लिनको अवसर पनि प्रदान गर्ने सीजी कम्पनीले बताएको छ।
घरायसी सामग्री अपडेट गर्ने सोचमा हुनुहुन्छ वा नयाँ प्रविधिमा लगानी गर्न चाहनुहुन्छ, हरेक खरिदले तपाईंलाई रोमाञ्चक क्रिकेट अनुभवको हिस्सा बन्ने मौका दिन्छ भन्दै सीजी इलेक्ट्रोनिक्सले भनेको छ, ‘हाम्रा ग्राहकहरूको खुशी हाम्रो पहिलो प्राथमिकता हो। यो अभियानले ग्राहकहरूलाई उत्कृष्ट मूल्यका साथ क्रिकेटको राष्ट्रव्यापी जोशलाई मनाउने अनौठो अवसर दिन्छ,’
सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले आगामी दिनहरुमा पनि नेपाली खेल जगतलाई सप्पोर्ट गर्दै यस्तै योजना हरुलाई निरन्तरता दिने बाचा व्यक्त गरेका छन्।