मधेस प्रदेशको रौतहटमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा आठ जना यात्रुको मृत्यु भएको छ।
चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो।
मृतकहरुमा सात जना महिला र एक जना पुरुष रहेका छन्। दुर्घटनामा मृत्यु हुनेहरुमा सिरहाको अर्नामा गाउँपालिका –३ बंठियाटोलका ६० वर्षिया लरुवती देवी महरा, सोही टोलका ३० वर्षिया उर्मिला महरा, ५० वर्षिया रामकुमारी महरा, ५५ वर्षिया महंगी देवी महरा, ६२ वर्षिया फुलमन्ती देवी चमार, ६० वर्षिया रामकुमारी देवी महरा, ३० वर्षिया सकुन्तला देवी महरा रहेका छन् । त्यस्तै गाडी चालक सिरहाकै अर्नामा गाउँपालिका –५ बलुवाटोल घर भएका ४० वर्षिय श्रीकुमार यादवको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पाँच जना घाइते भएका छन्।