हिमाल दैनिक
चितवनलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स क्वालिफायर–२ मा प्रवेश
Nepal Premier League: @OfficialNPLT20

नेपाल प्रिमियर लिग (एनपिएल)को आज सम्पन्न एलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर–२ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ।

त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा बुधबार बिहान सुरु भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गर्दै आफ्नो फाइनल प्रवेशको यात्रा कायमै राखेको हो।

टस हारेर पहिलो ब्याटिङका लागि मैदानमा उत्रिएको कर्णालीले ६ विकेटको क्षतिमा १७५ रनको योगफल खडा गर्दै चितवनलाई १७६ को लक्ष्य दिएको थियो।

तर, कार्णलीले दिएको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर जम्मा १ सय ५४ रन मात्रै बनाउन सफल भयो। फलस्वरुप चितवनको फाइनल खेलसम्म पुग्ने यात्रा बिचैमा राकियो। चितवनका लागि रभि बोपराले ५३ रनको अर्धशतकीय इनिङसहितको सर्वाधक रन बनाए।

यसअघि बोपराले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरेपनि टिमको जितका लागि पर्याप्त भएन। थप दोहोरो स्कोरका रुपमा हसन एइसाखिल १८ रन बनाए भने लक बेनकेन्सटाइन १६ रन बनाएका थिए। त्यस्तै कुशल मल्ल २१ रनमा पेभिलियन फर्किँदा सरद भेषवाकर १० रनमा आउट भए।

कर्णालीका लागि जेसन मक्सुदले ३ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले २(२ विकेट लिए। अर्को एक विकेट देव खनालको नाममा रह्यो। कर्णालीका ४ क्याच गुल्सन झाले समाएका थिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो।

कर्णालीका लागि ओपनर जयकिशन कोल्सवालाले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा वलियम बसिस्टोले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५२ रनको अर्को अर्धशतकीय इनिङ खेलेका थिए। कोल्सावाला र बोसिस्टोबिच तेस्रो विकेटका लागि ५९ रनको साझेदारी भएको थियो।

त्यसपछि, बोसिस्टोले चाडविक वाल्टनसँग पाँचौँ विकेटका लागि ६७ रनको अर्को सानदार साझेदारी गर्दै आउट भए। वाल्टनले पनि २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाए।

चितवनका लागि सोहिल तनविरले २ विकेट लिँदा सरद भेषवाकर, रभि बोपरा र कुशल मल्लले समान १÷१ विकेट लिए।

अब फाइनल प्रवेशका लागि कर्णालीले आजै हुने सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिचको पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग बिहिबार प्रतिस्पर्धा गर्ने छ। खेलको अन्तिम फाइनल भने शनिबार मात्रै हुने छ।

 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update