
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले टस जितेर विपक्षी टिमलाई पहिले ब्याटिङका लागि निम्तो दिएको छ।
त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा बिहीबार अपरान्ह सुरु भएको क्वालिफायर खेलमा कर्णाली याक्सलाई व्याटिङको निम्तो दिएपछि अहिले कर्णाली याक्सले ब्याटिङ सुरु गरेको छ।
फाइनल यात्राकोे लागि स्थान सुरक्षित गर्न मैदानमा उत्रिएको कर्णाली याक्सले खेलको दोस्रो ओभरमै पहिलो विकेट गुमाएपनि त्यसपछि उक्त टिमका देव खनालले आफ्नो स्कोरबोर्डमा राम्रो रन बटुल्न सफल भएका थिए।
तर, छैटौं ओभरको पहिलो बलमै जिमी नीशमको बललाई चौका हान्न खोज्दा आकाश त्रिपाठीको क्याचमा आउट भए। खनालले २० बलको सामना गर्दै २४ रन बनाए।
छैटौँ ओभर समाप्त हुँदा अहिले कर्णाली याक्स ४४ रन बनाएको थियो। अहिले सातौं ओभरको खेल चलिरहँदा कर्णालीले तेस्रो विकेट गुमाएर ४९ रन बटुलेको छ।