हिमाल दैनिक
एनपीएलको उपाधि जनकपुरको पोल्टामा
Photo: Nepal Premier Leauge@OfficialNPLT20

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि हात पारेको हो।

जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङका लागि मैदानमा उत्रिएका जनकपुर बोल्ट्सले बिष्फोटक व्याटिङ गर्दै १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य पार ग¥यो। जनकपुरलाई उपाधि दिलाउने क्रममा लाहिरु मिलान्थाले अर्धशतकीय पारी खेले।

उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि सैफ अलि जेबले ६९ रन बनाएका थिए। जितसंगै जनकपुरले ट्रफीसहित रु एक करोड १० लाख हात पारेको छ भने उपविजेता सुदूरपश्चिमले रु ५१ लाखमा चित्त बुझायो।

प्रतियोगीतामा  सुदूरपश्चिम रोयल्सका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सर्वोत्कृष्ट घरेलु खेलाडीको अवार्ड जितेका छन्। अवार्डसँगै दीपेन्द्रले ओमाडाको गाडी प्राप्त गरेका छन्। कर्णाली याक्सका स्पिनर विपिन शर्मा उदीयमान खेलाडी घोषित भए। त्यस्तै जनकपुरका ललितनारायण राजवंशी प्रतियोगिताको उत्कृष्ट बलर बन्न सफल भए।

बिजयी टोलीलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल लगाएतले पुरस्कार प्रदान गरेका थिए।

 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update