हिमाल दैनिक
थुनछेक पूर्व न्यायाधीश राईको इजलासमा वयानका लागि रविलाई उभ्याइयो

सहकारीको बचत हिनामिना तथा दुरुपयोेग लगायतका गैरकानूनी गतिविधिमा सम्लग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतमा वयानका लागि उपस्थित गराइएको छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम गैरकानूनी तबरले गोरखा मिडिया नेटवर्क प्रा.लि.मा परिचालन गरी ठगी गर्नुका साथै संगठित अपराध र सम्पत्ति सुद्धिकरणको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछानेसहित ४४ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो।

यसरी दर्ता भएको मुद्दाका प्रतिवादी लामिछानेसहितको समूहलाई हिरासतमै राखेर मुद्दा अघि बढाउने अथवा धरौटीमा छाड्ने भन्नेबारे थुनछेकको बहस सुरु गर्नुपूर्व अदालतले प्रतिवादीहरुसँग वयान लिने प्रचलन छ।

यही प्रक्रिया अन्तरगत, सोमबार कास्की जिल्ला अदालतले गोलाप्रथाको माध्यमबाट लामिछानेको वयान ७ नम्बर इजलासमा तोक्दै वयानका लागि न्यायाधीश नीतिज राईसमक्ष पठाएको छ।

जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाले सरकारी वकिलको कार्यालयमा लिएको वयानका आधारमा दायर भएको मुद्दाको विषयमा अदालतले आजदेखि लामिछानेसँग थप वयान लिने प्रक्रिया अघि बढाउने छ। यसका अतिरिक्त लामिछानेसँगै उक्त प्रकरणमा हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशी, गीता पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको समेत बेग्लाबेग्लै वयान लिनेछ।

उनीहरुसँग आदलतले वयान लिइसकेपछि मात्रै लामिछानेसहितका आरोपित व्यक्तिको विषयमा थुनछेकको बहस सुरु गरी अदालतले प्राप्त प्रमाणका आधारमा आदेश दिने छ।

सहकारी ‘ठग’ रवि र ‘भ्रष्ट’ कहलिएका चिरञ्जिवी

समितिको प्रतिवेदनबाट रविले क्लिन चिट पाए कि, आधा दर्जन कानूनको फन्दामा परे?

रविसँग रहेका दुई विकल्पः कि सहने, कि त बुझाउँने

रविजी! ठगीको आरोप पुष्टि भएमा राजनीति छाडेर मात्रै कहाँ सुख पाइएला र?

सहकारीको बचत हिनामिना तथा संगठित अपराधसँगै सम्पत्ति सुद्धिकरणको मुद्दा लामिछानेविरुद्ध दायर भएलगत्तै विद्यमान कानूनी प्रावधान बमोजिम उनको सांसद पद समेत स्वतः निलम्बनमा परेको छ।

त्यसमाथि कास्की जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध सम्पत्ति सुद्धिकरणको मुद्दा दायर गरिसकेको अवस्थामा कानून बमोजिम उक्त मुद्दाको किनारा नलाग्दासम्म निजको पद निलम्बन गरिदिन संसद सचिवालयमा पठाइसकेको पनि छ।

२०७० सालमै नेपालबाट अमेरिका पुगी त्यहीको नागरिकता लिएका रविले अमेरिकाका विभिन्न वित्तिय संस्थाबाट पनि रकम लिएर भुक्तानी नगरेपछि उनीविरुद्ध विभिन्न ९ वटा मुद्दा अदालतमा चलाएको थियो। जसबारे पछिल्लो समय सन् २०२१ सम्म पनि चारवटा मुद्दा जारी रहेको विवरण बाहिर आएको थियो।

त्यहीबिचमा नेपाल आएर अमेरिकी नागरिकता लिएपछि नेपालको नागरिकता ऐन बमोजिम स्वतः खारेजीमा परेको पुरानै नागरिकताको आधारमा पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेददेखि निकिता पौडेलसँगको बिबाह दर्ताका अतिरिक्त विभिन्न बैंकहरुमा खाता संचालनसँगै सहकारी प्रकरणमा मुछिएर फरारको सूचिमा रहेका गितेन्द्रबाबु (जिबी) राई लगायतका समूहसँग मिलि गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा ग्यालेक्सी टिभि संचालन गरेका थिए।

उक्त कम्पनीमा सूर्यदर्शन सहकारीको रकम ठगी गरी हिनामिना गरेको आरोपमा प्रहरीले १ अर्ब ५१ करोड रुपैयाँ विगो मागदाबीसहित मुद्दा दायर भइसकेको छ।

यसका अतिरिक्त उक्त समूहले बुटबलको सुप्रिम, चितवनको साहारा, वीरगञ्जको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम समेत हिनामिना गरेको आरोप लागेको छ।

जसबारे सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीको अनुसन्धान शाखाले मुद्दा चलाउन बाँकी नै छ।
स्मरण रहोस्, ०७९ असारमा टेलिभिजनबाट अलग भएर नयाँ राजनीतिक दल रास्वपा दर्ता गरी सोही वर्षको मंसिरमा चितवनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको लामिछानेको पद नागरिकता विवादकै कारण ०७९ माघमा खारेजीमा परेको थियो।

त्यसपछि माघ १५, ०७९ मा पुनः नागरिकता लिएका लामिछानेले ०८० वैशाख १० मा चितवनको निर्वाचन क्षेत्र नम्बर २ पनि पुनः चुनाव लडेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

जब कि नेपालको संविधानको धारा २९१ को उपधारा १ बमोजिम कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिएपनि पछि पुनः उक्त नागरिकता परित्याग गरी नेपाली नागरिकता लिएको खण्डमा यसरी नागरिकता लिएको तीन महिनाभित्र कुनै पनि राजनीतिक पदमा मनोनित, निर्वाचित वा नियुक्त हुन नपाउने प्रावधान विपरित लामिछाने सांसद पदमा चुनाव लडेर निर्वाचित भएका थिए।  

 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update