हिमाल दैनिक
कांग्रेसका नयाँ/पुरानो पुस्ताबिच बलियो एकताको विकल्प छैनः सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकतावद्ध भएर जानुको बिकल्प नरहेको दाबी गरेका छन्।

नेपाली कांग्रेसले चलाएको १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर स्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै नेता सिटौलाले देश र जनताको बिकासका लागि पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकतावद्ध भएर जानुको बिकल्प नरहेको बताएका हुन्।

उनले भने, ‘आजको दिनमा पार्टी एकताबद्ध अगाडि जानुको कुनै विकल्प छैन। चाहे सैद्धान्तिक कुरामा होस्, चाहे संगठन निर्माण गर्ने कुरामा होस्, या जनतामा जाने कुरामा होस्, तमाम पार्टीका साथीहरुः नयाँ÷पुराना, परानो पुस्ता, नयाँ पुस्ता, सबै एकसाथ जोडिएर जनताकोबिचमा जानुको अर्को विकल्प छैन।’

कांग्रेसको नेतृत्वले मात्रै मुलुकमा देखिएका अर्थतन्त्र लगाएतका समस्या समाधान गर्न सक्ने उनले बताए। सिटौलाले कांग्रेस पार्टी कांग्रेस पार्टीकै लागि अथवा कुनै व्यक्तिगत नभइ जनताको स्वार्थसिद्ध गर्नका लागि गठन भएको भन्दै पार्टीमा आवद्ध भएकाले यसबारे गहन भएर सोच्न कार्यकर्तालाई सुझाव दिए।

गएको निर्वाचनमा अन्य दलहरुसंग गठबन्धन गरेपनि आगामी निर्वाचनमा पार्टी एक्लै चूनाव लड्ने भएकाले अहिलेदेखि नै त्यसको तयारी गर्नुपर्ने भन्दै त्यसैको तयारी स्वरुप अहिलेको अभियान संचालन भएको दाबी पनि उनले गरे।

उनले निर्वाचनमा उम्मेदवार चयनका लागि तल्लो तहबाटै सिफरिस गर्ने कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदानका बारेमा जनतालाई बुझाउन सक्नुपर्ने उनको जिकिर छ।

 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update