नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालमा अस्थीरताको बीउ रोपेको आरोप लगाएका छन्।
शुक्रबार नवरपरासीको गैडाकोटमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अस्थीरतालाई दाहाल (प्रचण्ड)ले विशेषता बनाउन थालेकाले ठूला दलबीच गठबन्धन गर्नुपरेको दाबी समेत गरे।
अध्यक्ष दाहालले विगतमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै ३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको उनले बताए।
्महासचिव पोखरेलले ठूला दलको गठबन्धन सरकारका लागि मात्रै नभई मुलुकको स्थायीत्व र बिकासका लागि भएको जिकिर गरे।
अहिले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठूला दल मिलेर सरकार बनाएपनि आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने उनको भनाई छ।
त्यस्तै महासचिव पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको स्पष्टिकरण दिए।
पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता आरोप लगाउँदै पार्टी निर्णयको बचाउ पनि गरे।
अन्य दुई जना नेताहरूलाई गरिएको निलम्बन भने सचेत मात्र भएको भन्दै एमाले नेतृ विन्दा पाण्डे र उषाकिरण तिमिल्सिना एमालेमै रहेको बताए।
निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै उनले पार्टी भित्रै प्रभाबकारी भूमिका खेल्न भविष्यका लागि अनुकूल वातावरण बनाउन सो कार्य गरिएको बताए।