हिमाल दैनिक
तीनकुनेका जग्गाधनीलाई उक्साउँदै मेयर बालेनले भनेः अहिले नपाएको मुआब्जा कहिल्यै पाइदैन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

कुनै बेला व्यक्तिको नाममा रहेको तीनकुने क्षेत्रको जग्गा राज्यले अधिग्रहण गरेपछि अहिलेसम्म पनि मुआब्जा नपाएको विषयबारे लक्षित गर्दै महानगरपालिका प्रमुख शाहले अहिले दुई तिहाईको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेकोमा सरकारको आलोचना गरे।

विशेषगरी पछिल्लो पटक तत्कालीन महानगरपालिका प्रमुख केशब स्थापितको पालामा तत्कालीन सरकारले सार्क शीखर सम्मेलनको तयारी गरिरहँदाको समयमा त्रिभुवन विमानस्थलदेखि राष्ट्रिय सभागृहसम्मको सडक फराकिलो पार्ने तथा सडकमा हराभरा बोटविरुवा सजाएर विदेशी पाहुनालाई खुशी पार्ने योजनामा तीनकुने र माइतीघर मण्डला क्षेत्रका घरहरु भत्काएका थिए।

यसरी घर भत्काएपछि विस्तापित भएका कतिपय जग्गाधनीले जग्गाको मुआब्जा नपाएको गुनासो चल्दै आएको छ।

महानगर प्रमुख शाहले भने पचासौं वर्षदेखि जग्गा कव्जा हुँदा पनि सरकारबाट आश्वासनमात्रै प्रापत भएपनि जग्गाधनीले आश्वासन अनुसारको क्षतिपूर्ति रकम नभएको बताए।

साथै उनले कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर–घरमा आए विश्वास नगर्न पनि स्थानीयबासीहरुलाई सुझाव दिए।

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोत साधन समेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नवढे कहिल्यै समस्या समाधान नहुने उनको दाबी छ।

शाहले कोटेश्वर क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा साथ बिक्रिबितरण गर्न सुझाव दिए। कोटेश्वर महोत्सव दुई दिनसम्म चल्नेछ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update