राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।
गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ अनुसार, आइतबार उक्त अध्यादेश जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार, राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश जारी गरेको बताइएको छ।
विगत केही वर्षयता देशका विभिन्न सहकारीको बचत हिनामिना हुँदा लाखौँ बचतकर्ताको बचत अपचलन र दुरुपयोग भई सामाजिक तथा राजनीतिक सदभाव समेत खलबलिएको स्थितिमा सरकारले उक्त अध्यादेश जारी गर्ने निर्णय गरेको बताइएको छ।
अध्यादेशमा विशेषगरी सहकारीको नियमनका लागि सहकारी नियमन आयोग गठनको प्रस्ताव गरिएको छ।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय