हिमाल दैनिक
सडकबाट दबाब नदिई शान्ति प्रक्रिया टुंग्याउनै नसकिने भोः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन दवाव सिर्जना गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल बिषयक कार्यक्रममा दाहालले केहि राजनीतिक दलहरु शान्ति प्रक्रिया टुङ्ग्याउने पक्षमा नदेखिएको भन्दै त्यसका विरुद्ध दवाव सिर्जना गर्नुपर्नेमा जोड दिए।

सडकबाट दवाव भएर अवपनि शान्ति प्रक्रिया नटुंग्याए समस्या जटि बन्न सक्छ भन्ने नपारे अवको १८ बर्षसम्मपनि शान्ति प्रक्रिया टुंगन नसक्ने खतरा देखिएको दाहालले बताए।

उनले एकतावद्ध भएर शान्तिपूर्ण ढंगलले राजनीतिक नेतृत्वलाई दवाब बनाइराख्नुपर्ने अवस्था देखिएको बताए।

दाहालले माओवादीलाई सिध्याउनका लागि शान्ति प्रक्रियालाई नै रोक्ने प्रवृति देखिएको भन्दै राजनीतिक कारणले नै शान्ति प्रक्रिया टुंग्याउन कठिन भएको दाबी समेत गरे।

दोस्रो जनआन्दोलन लगत्तै सुरु भएको नयाँ राजनीतिक शासन व्यवस्थामा दाहाल नै कहिले कांग्रेससँग त कहिले एमालेसँग गठजोड गर्दै तीन पटकसम्म सत्ताको नेतृत्व लिने अवसर पाइसकेका छन्। जसले उक्त अवधिमा शान्ति प्रक्रियालाई टुंग्याउने सवालमा भन्दा सत्ताकै जोडघटाउमै मात्रै समय गुजारेको आरोप कतिपय विश्लेषकहरुले लगाउन गरेका छन्।

त्यस्तै उनले पीडितहरुको साथमा आफु र माओवादी सदैव रहने स्पष्ट पार्दै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन आफुले कांग्रेस र एमालेसंग छलफल गर्ने जानकारी दिए।

 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update