सीजी डिजिटल कम्पनीले आफ्ना ग्राहकको सुविधाका लागि माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षाको व्यवस्था मिलाएको छ।
प्रतिष्ठित व्यपारिक संस्था चौधरी ग्रुप अन्तरगतको सीजी डिजिटलले जारी गरेको विज्ञप्ति अनुसार, उक्त कम्पनीले उपलब्ध गराउँदै आएको एलजी, गोदरेज, मिडिया र ब्ल्याक डेकरका माइक्रोवेव ओभन किन्दा कुकिङ सम्बन्धी व्यवासयिक कक्षाको सुविधा उपलब्ध गराउने भएको हो।
यसरी माइक्रोवेव ओभन खरिदकर्ताले उपत्यकाका सबै जिल्लाका अतिरिक्त देशभरी नै यस्ता कुकिङ कक्षामा सहभागी भएर उक्त उपकरणको प्रभावकारी प्रयोगसँगै उपकरणबारे दक्ष र अनुभवि प्रशिक्षकमार्फत पर्याप्त ज्ञान हाँसिल गर्न पाउने छन्।
सीजी डिजिटल कम्पनीका अनुसार, अहिले इटहरी, विराटनगर, दमक, विर्तामोड, झापा, काकडभिट्टा, चन्द्रगढी, धरानको उर्लाबारी र लाहनस्थित सीजी र एलजीको लिरहरुमा पौष २५ गतेदेखि माघ ११ गतेसम्म यस्ता निःशुल्क कुकिङ कक्षा संचालन हुने छ।
आधुनिक जीवनशैलीमा खाना पकाउने समय र तरिका परिवर्तन हुँदैगइरहेको अवस्थामा उपकरण र प्रविधिको सही प्रयोगमा सहयोग पुर्याउन र ग्राहकहरुको भान्सालाई स्वादिष्ट परिकारले भरिभराउ गर्न आवश्यक टिप्स र ट्रिक्स प्रदान गर्न यस्ता कक्षा संचालन गरिएको सीजी डिजिटलका सेफ धनबहादुर बस्नेतले बताए।
यसरी उपलब्ध निःशुल्क कक्षामा सीजीले आफ्ना १० देखि १५ जनाको समूह बनाएर प्रशिक्षित गराइरहेको छ, जसको माध्यमबाट ग्राहकहरुले सजिलो र छिटो परिकाउन बनाउन उपयोगी ब्राण्डको सामाग्री खरिद गर्न सक्नेछन्।
यसरी निःशुल्क कक्षामा सहभागी हुनका लागि इच्छुक ग्राहकले आफ्नो नाम र ठेगानासहित ९८०१९०८९४९ मा सम्पर्क गर्न सक्नेछन्।