हिमाल दैनिक
बेलायत भ्रमणका लागि लण्डन पुगे नेता शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायतको संसद भवन (वेस्ट मिन्स्टर)मा हुने कार्यक्रममा सभागी हुन बेलायत पुगेका छन्।

बेलायतको हेथ्रो विमानस्थलमा बेलायतस्थित नेपाली जनसम्पर्क समितिका प्रतिनिधि लगायत त्यहाँ रहेका नेपालीहरुले आज बिहान स्वागत गरेका थिए।

पार्टी नेता कोइराला बिहिबार बेलायत उड्नु अघि आफ्नो फेसबुकमार्फत आफू यही १३ जनवरी २०२५ (२९ पौष २०८१) का दिन बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा भाग लिन त्यसतर्फ जान लागेको बताएका थिए।

नेपाली कांग्रेस र बेलायतको लेबर पार्टीबिच वि पी कोइरालाको समयदेखि नेपाल र बेलायतबिच सम्बन्ध रहि आएको बताउँदै कोइरालाले बेलायतमा रहँदा लेबर पार्टीका मन्त्री, सांसद र बिपक्षी दलका नेताहरुसँग भेटघाट र कुराकानी गर्ने जानकारी पनि दिएका छन्।

कोइरालाको सचिवालयले जनाए अनुसार, कांग्रेसका नेता कोइरालाले बेलायतको संसद (वेस्ट मिनिस्टर)मा १३ जनवरी २०२५ का दिन आयोजना गरिने एक विशेष कार्यक्रममा संवोधन गर्नेछन्।

संसदको त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहने छ।
नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा जनवरी ९ बिहिबार गएका हुन्।

वेलायतको संसद भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई संवोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुनसक्ने दाबी कोइरालाको सचिवालयले गरेको छ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update