हिमाल दैनिक
बहुमतको सरकारले अध्यादेशको साहारा लिएर राज्य संचालन गर्न खोज्नु गलतः नेता साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले दुई तिहाई बहुमतको सरकारले अध्ययादेशमार्फत कानुन बनाउनु सकारत्मक पक्ष नभएको भन्दै सरकारी निर्णयको आलोचना गरेका छन्।

रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै साउदले संसद छलेर अध्यादेशमार्फत गएका कुराहरुले स्थायीत्व दिन नसक्ने बताए।

सत्तासाझेदार दल कांग्रेसका नेता साउदले बहुमत हुँदापनि संसद बैठक नचलाएर संसदलाई बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फि प्रश्न उठेको भन्दै सरकारी कदमप्रति असन्तुष्टि व्यक्त गरे।

साउनले अध्ययादेशमार्फत ल्याइएका विषयवस्तुमा बिपक्षि दलको पनि समर्थन हुने खालका विषय भएपनि संसदमा नलैजाँदा प्रश्न उठेको दाबी गरे।

साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो पोखे।

दुई दल बिचको न्युनतम साझा सहमती कार्यान्वयन नभएको गुनासो आईरहेको भन्दै त्यसको पूर्ण पालना गर्न उनले प्रधानमन्त्री ओलीलाई सुझाव समेत दिए।

नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए।

संविधान संसोधन सम्बन्धी सञ्चारकर्मिको प्रश्नमा उनले अब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्नेगरि संसोधन गर्ने बेला आएको धारणा राखे।

 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update