सीजी डिजिटल कम्पनीले आफ्नो सेवा विस्तार गर्ने योजना बमोजिम विभिन्न स्थानमा नयाँ शोरुमहरु संचालनमा ल्याएको छ।
नेपालकै प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सीजी इलेक्ट्रोनिक्स कम्पनीले जनाए अनुसार, उक्त कम्पनीले झापाको विर्तामोड र दमक, पर्साको वीरगञ्ज, नवलपरासी र काठमाडौंको विशालनगरमा नयाँ शोरुम संचालनमा ल्याएको हो।
नयाँ शोरुम शाखाहरुबाट ग्राहकहरुले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलइडी टिभी, चिम्नी, ग्याँस चुल्हो, भान्साका उपकरणहरु लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उपकरणहरु खरिद गर्न सक्नेछन्।
उक्त कम्पनीले अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्राण्डहरुः एलजी, सीजी, टिसिएल, गोद्रेज, बेको, मिडिया, केन्ट, एलिका, सेन्साई, ब्ल्याक प्लस डेकर, क्रम्प्सन, नोथिङ र एप्पल आइफोन लगायतका उत्पादन उपलब्ध गराइरहेको छ।
नयाँ शोरुम र शाखाहरुबाट निःशुल्क कुकिङ कक्षासँगै लाइभ डेमोको सेवा उपलब्ध गराउँदै आएको सीजीका शोरुमहरुमा ग्राहकहरुले ३० प्रतिशतसम्म विशेष छुटको सुविधा निश्चित अवधिका लागि उपलब्ध गराउँदै आएको छ।
आफ्ना ग्राहकहरुको सेवाका लागि सीजीले निःशुल्क ढुवानी, स्थापना, किस्ताबन्दी तथा एक्स्चेन्ज अफर जस्ता सुविधाहरु पनि उपलब्ध गराइरहेको छ।
नयाँ संचालनमा आएका ५ शोरुमसँगै सीजी डिजिटलका शाखाहरुको संख्या देशभरी २७ पुगेको छ।