हिमाल दैनिक
सरकार ढल्दैछ भन्ने हल्लामा कुनै सत्यता छैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउने उदेश्यकासाथ सरकारले बिभिन्न अध्यादेश ल्याएको स्पष्टिकरण दिएका छन्।

उद्योग व्यवसाय प्रवर्धनको लागि अध्यादेश ल्याएकोमा धन्यवाद दिन बुधबार बालुवाटारमा उद्योगी व्यवसायीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउदै अघि बढाउने उदेश्यका साथ अध्यादेश ल्याएको भन्दै उत्साहित भएर अघि बढ्न निजि क्षेत्रलाई आग्रह गरे।

कांग्रेस र एमालेको विचार नमिलेको र सरकार ढल्दै छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताउँदै ओलीले सरकारले सल्लाह गरेर काम गरिरहेको पनि दाबी गरे।

प्रधानमन्त्री ओलीले केही मानिसहरु भने विरोधका लागि विरोध मात्र गर्ने चरित्रका भएको बताउँदै त्यस्ता चरित्रबाट सचेत हुनुपर्नेमा उनको जोड थियो।

भूमिसम्बन्धी समस्याहरू सुल्झाउन छिटै अध्यादेश जारी हुने उनले जानकारी दिए।

सरकारले हाउजिङ गर्न दिने तर। बनाइसकेपछि हदबन्दी लगाएर रोक्ने गर्दा व्यक्तिको लगानी डुब्ने र सबै क्षेत्र अस्तव्यस्त हुने कुरालाई चिर्न सो अध्यादेशले सहयोग गर्ने ओलीले स्पष्ट पारे।

सरकार र निजी क्षेत्र एक्ला एक्लै हिँडेर गन्तव्यमा नपुगिने बताउँदै ओलीले दुवै क्षेत्र पाटनरसिप गरेर अघि बढ्दा मात्र गन्तव्यमा पुगिने प्रष्ट पारे।

कृषिलाई सबल बनाउन जग्गाको हदबन्दीलाई हटाउनु पर्नेमा जोड दिँदै यसको लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयहरु स्वागतयोग्य भएको बताए।

उनले कोरोनापछि संकुचित भएको अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले यसको कार्यान्वयनमा छिटै उपयुक्त नियमावली र कार्यविधि ल्याउनुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update