हिमाल दैनिक
रित्तो गाग्री प्रहरीलाई सुम्पिएर युट्युवे क्यामेरामेनको भिडसहित सिंहदरबार छिरे मेयर हर्क साम्पाङ

खानेपानीको लागि दबाब दिन भन्दै धरानदेखि काठमाडौं आइपुगेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न भन्दै मेयर साम्पाङ  मंगलबार  सिंहदरबारमा प्रवेश गरेका हुन्।

खानेपानी मन्त्रालयलाई पटक पटक धरानमा पानी ल्याउन ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको मेयर साम्पाङले गुनासो गरे।

धरानमा खानेपानीको समस्या दीर्घकालीन रुपमा  समाधान गर्न सरकारलाई दबाब दिनुपरेको मेयर साम्पाङले बताए।

आ आफ्नो काम इमान्दारिता साथ गर्नुपर्ने उनको भनाई छ। धरानका जनताको खानेपानीको दीर्घकालीन व्यस्थापन नभएसम्म सरकारलाई घच्घच्याउने उनले बताए।

त्यसअघि मेयर साम्पाङ रित्तो गाग्रीसहित प्रवेश गर्न सक्ने भन्दै सिंहदरबार परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो। धरानमा खानेपानीको समस्या रहेको भन्दै साम्पाङ रित्तो गाग्रीसहित सोमबार काठमाडौं आइपुगको थिए।

पूर्वनिर्धारित कार्यक्रम अनुसार, रित्तो गाग्री लिएर सिंहदरबारको दक्षिण प्रवेशद्वारमा पुगेका सामपाङलाई प्रहरीले रित्तो गा्रग्री सुरक्षाकर्मीलाई बुझाएर भित्र जान भनेपछि उनले प्रहरीलाई गाग्री थमाएर त्यहाँ उपस्थित भएका विभिन्न संचारमाध्यमका संचारकर्मीसँगै अधिकांश युट्युव क्यामेरा पर्सनहरुको भिडसहित भित्र छिरेका छन्।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update