हिमाल दैनिक
सरकारविरुद्धको आन्दोलन र संघर्षलाई शसक्त बनाउने तयारीमा राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबिरुद्धको जनसंघर्षलाई शसक्त बनाउने जनाएको छ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले बिभिन्न माग राख्दै पार्टीले गरिरहेको आन्दोलन र जनसंघर्षलाई ठोस स्वरुप दिएर शसक्त बनाउने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

बैठकमा सरकारको कार्यशैलीको समिक्षा, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भुमिका र अन्य दलसँगको सहकार्य लगायतका विषयमा समेत छलफल हुने उनले बताए।

कांग्रेस–एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जागृत गर्न नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुदैगएको लिङ्देनले आरोप लगाए।

उनले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने गरि संसदलाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थीतिमा समेत बैठकमा समिक्षा हुने अध्यक्ष लिङ्देनले जानकारी दिए।

त्यस्तै पार्टीको जिल्ला अधिवेशनको समिक्षा गर्दै तीव्रता दिन आवश्यक निर्देशन समेत बैठकले दिने राप्रपाले जनाएको छ। बैठक शनिबार सम्पन्न हुने बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update