हिमाल दैनिक
अबरोधको उपायले काम नगरेपछि रास्वपाद्वारा १५ मिनेटका लागि संसद बहिष्कार!

प्रतिनिधि सभाको पहिलो दिनको बैठकको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनको सुरुवातमै सदनको कारबाही अवरुद्ध पार्न गरेको कोशिशका बाबजूद सभामुखले सदनको कारबाही अघि बढाएपछि बैठक बहिष्कार गरको छ।

संसद अधिवेशन सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचिमा प्रवेश गर्न लागेपछि विशेष समय माग गर्दै रास्वपाका सांसदहरु उभिएर समय माग गर्दै अवरोध खडा गरे।

सभामुख घिमिरेले संसदको पहिलो दिनको कार्यसूचिमा प्रवेश गर्नुअघि समय दिन नसक्ने भन्दै नियमावली अनुसार, बसेर सदनको कारबाही सुचारु गर्न सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि नटेरेपछि पटक पटक बस्न आदेश पनि दिए।
यसका बाबजूद रास्वपाका सदस्यहरुले अवरोध जारी राखेपछि सभामुखले कार्यसूचिमा प्रवेश गरे।

त्यसपछि रास्वपाका विराज विष्टले अधिवेशनको पहिलो दिनको पहिलो बैठकको सुरुमा १५ मिनेट विरोध स्वरुप बहिष्कार गर्ने जानकारी दिँदै ‘बहिष्कार’ भन्दै सबै सदस्यलाई लिएर बाहिरिए।

त्यसपछि सभामुख घिमिरेले आजको कार्यसूचि अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्नका लागि समय माग गरेकोे भन्दै उनलाई बोल्न समय दिए।

त्यसपछि प्रधानमन्त्री ओलीले आफ्नो आसनबाट उठ्दै आफ्नो विपरित साइडमा बसिरहेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफूले गर्न लागेको सम्बोधनको एक प्रति दिँदै संसदलाई सम्बोधन गर्न रोष्ट्रमतर्फ अगाडि बढे।

तर, प्रधानमन्त्री ओलीले यस अधिवेशनको पहिलो दिनको सुरुमै दिन लागेको सम्बोधनको १५ मिनेट जति समय बाहिर बसेर सुन्नु मात्रै परेन। कतै प्रधानमन्त्री ओलीको सम्बोधनलाई नै बहिष्कार त गरेका होइनन् भन्ने भान परेको छ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update