राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति राजेन्द्र लिङदेनले नेपाल प्रहरीका महानिरिक्षकमाथि छानविन गर्नु पर्ने माग गरेका छन्।
प्रतिनिधि सभाको आजदेखि सुरु भएको अधिवेशनको पहिलो दिन सम्बोधन गर्ने क्रममा वर्तमान प्रहरी प्रमुख बसन्त कुँबरमाथि छानविन गर्न माग गरेका हुन्।
सहकारी ठगी तथा संगठित अपराध लगायतको आरोपमा विभिन्न जिल्लामा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कुनै समय संसदीय समितिमा उपस्थित भएर उनीविरुद्ध कुनै उजुरी नभएको भन्दै अभिव्यक्ति दिने प्रहरी प्रमुखले अहिले कुन कानुनी आधारमा उनीविरुद्ध अनुसन्धान र कारबाही गरी रहेका छन् भनि प्रश्न गरे।
सत्तारुढ दल निकट मानिसहरुलार्इृ सोही प्रकृतिको मुद्दामा एक दिन पनि हिरासत नबसी खुत्रुक्कै अदालतमा हाजिर भएर घर जान पाउने तर, रास्वपा सभापति लामिछाने ८४ दिनसम्म हिरासतमा रहनु पर्ने भनि प्रश्न गरे।
विगतको प्रसंग उल्लेख गर्दै उनले भने, ‘अहिलेको प्रहरी प्रमुखमाथि पनि छानविन हुनु पर्छ। सत्ताको कुन प्रकारको दुरुपयोग हो भन्ने कुराको नमूना पनि हो यो। छानविन भन्दा पनि एकचोटी उनलाई सोध्नु पर्यो। यही प्रहरी प्रमुखले रवि लामिछाने गृहमन्त्री हुँदाखेरी राज्य व्यवस्था समितिमा आएर उहाँमाथि सहकारी सम्बन्धी कुनै मुद्दा र उजुरी छैन भनेर भन्नु भा होइन? त्यही प्रहरी प्रमुख अन्तरगतको प्रहरीले अहिले चाहिने रवि लामिछानेलाई मुद्दा चलायो। कुन चाही कुरा सत्य हो?’
यसलाई अहिलेको राज्य व्यवस्था संचालनकोे नमूना भएको भन्दै यसरी अब मुलुक अघि बढ्न नसक्ने भन्दै यदी यसमा सुधार नभए मुलुक दुर्घटनामा पर्ने दाबी गरे।
उनीविरुद्ध सम्पत्ति सुद्धिकरणको डण्डा राज्यले चलाएको भन्दै यदी यो गर्ने हो भने, सबै दलका नेता र नेताका पििरवारको सम्पत्ति छानविन हुनु पर्ने माग पनि गरे।
साथै उनले अहिलेको संविधान र यस व्यवस्था अथवा प्रणालीले मुलुक अघि बढ्न पनि नसक्ने भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय पद्दती, अविभावकीय संस्थाको रुपमा राजा र पूर्ण समानुपातिक संसदको व्यवस्थासँगै प्रदेशको खारेजी तथा स्थानीय तहलाई दलबिहिन बनाउन माग गरे।