हिमाल दैनिक
कांग्रेस सांसद नारायणदत्त भट्ट संसद हलमै अस्वस्थ

राष्ट्रियसभा बैठक चलिरहदा राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट अस्वस्थ भएका छन्।

आइतबार राष्ट्रिय सभाको शुन्य समय चलिरहदा नेपाली कांग्रेसका सांसद सदस्य भट्टलाई स्वास्थ्य समस्या भएको हो। शुन्य समयमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले धारणा राखिरहदा भट्टलाई स्वास्थ्य समस्या देखिएपछि अन्य सांसदहरुले उहाँलाई संसद भवनभित्र रहेको स्वास्थ्य केन्द्रमा पुराएका थिए।

रक्तचाप र सुगरका बिरामी भट्टलाई चक्कर लागेपछि सांसद भवनभित्रै उपचार गरिएको छ। बैठकको बिशेष समयमा बोल्नका लागि नाम टिपाएका सांसद भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्वन्धीत दलबाट विष्णुकुमारी सापकोटालाई बोल्नका लागि समय उपलव्ध गराएका छन्।

अध्यक्ष दाहालले सांसद भट्टको स्वास्थ्यस्थित सदनभित्रै आएर मात्रै अचानक बिग्रीएको हो कि के हो? भन्दै यदी उनलाई थप उपचारका लागि अस्पताल लैजानु पर्ने भए लैजान पनि त्यहाँ उपस्थित सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए। त्यसको जवाफमा उनीसँगै रहेका कर्मचारीले भट्टसँग संसद सचिवालयका महासचिव गइसकेको जानकारी दिएपछि सदनको कारबाही सुचारु भएको थियो।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update