बेलायतका राजकुमार एडवार्ड करिब एक साताको निजी भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका छन्।
आइतबारदेखि भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड मंगलबार दिउँसो दिल्लीबाट काठमाडौं आएका हुन्।
राजकुमारी सोफिया भने मंगलबार बिहान लण्डनबाट नेपाल आइपुगेकी थिइन्।
नेपाल भ्रमणका क्रममा काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी हुने र त्यसपछि पोखरा जाने कार्यक्रम तय भएको उच्च सरकारी स्रोतले बतायो।
राजकुमार दम्पती आगामी आइतबार स्वदेश फर्किने भ्रमण तालिका छ ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय