नेपाली कांग्रेसले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरु अविलम्व संसदमा पेश गर्न सरकारसँग आग्रह गरेको छ।
संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको कांग्रेस संसदीय दल बैठकले संघीय व्यवस्थालाई सुदृढ पार्न धेरै कानून बनाउन बाँकी रहेको अवस्थामा संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरु अविलम्व संसदमा पेश गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।
राष्ट्रपतिले माघ १८ गतेदेखि संघीय संसदको विधेयक अधिवेशन आह्वान गरेलगत्तै माघ १३ गतेदेखि सुरु भएको संसदीय दलको बैठकको अन्तिम दिन बिहिबार सरकारमा सहभागी प्रमुख दल कांग्रेसले संसदमा विचाराधीन रहेका विधेयकहरु आउदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।
त्यस्तै आर्थिक तथा व्यवसायीक वातावरण सुधार तथा लगानी अभिवृद्धि, सुशासन प्रवद्र्धन लगाएत सम्बन्धी अध्यादेशलाई समर्थन गर्ने निर्णय गरिएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए।
संसद अधिवेशन नचलेको अवस्थामा सरकारले केही समयअघि जारी गरेका केही विवादस्पद अध्यादेशको बारेमा संघीय संसदको दुबै सदनबाट पारित गराउन आवश्यक समर्थनकाबारेमा घिमिरले राष्ट्रको आवश्यकताका आधारमा अध्यादेश ल्याइएको भन्दै त्यसलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पनि समर्थन गर्ने दाबी गरे।
त्यस्तै बैठकले जनता आवाजहरुलाई अधिकतम रुपमा सदनमा राख्न र संसदको प्रभावकारीताका गम्भीर भएर लाग्न सांसदहरुलाई निर्देशन दिएको छ।