हिमाल दैनिक
केआईआईटीका उपकुलपतिद्वारा नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहारप्रति माफी माग्दै निकाले विज्ञप्ति

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थीमाथि भएको ज्यादती र दुव्र्यवहारप्रति क्षमायाचना गरेको छ।

रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरण पश्चात आइतबार केआईआईटी प्रशासनका कर्मचारी लगायतले नेपाली विद्यार्थीहरुप्रति गरेको दुव्र्यवहारप्रति उक्त संस्थाका उपकुलपछि शरणजित सिंहले मंगलबार क्षमायाचना पत्रमार्फत माफी मागेका हुन्।

नेपाली विद्यार्थी लम्सालको मृत्युबारे छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्दै नेपाली विद्यार्थीहरुले गरेको विरोधलाई दमन गर्दै उनीहरुलाई कलेजको होस्टलबाट अनिश्चितकालका लागि निस्कासन गरेपछि सयौँ नेपाली विद्यार्थीको शैक्षिक भविश्य अन्यौलमा परेको थियो।

मंगलबार उपकुलपति सिंहले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीप्रति भएको दुव्र्यवहार र हाम्रो कलेजका कर्मचारीको गैरजिम्मेवार व्यवहारप्रति हामी अत्यन्त दुःखी हुँदै माफी चाहन्छौँ।’

साथैै उनले आफूहरुले सबै विद्यार्थीलाई समान व्यवहार र प्रेम गर्ने बताउँदै आफ्ना दुई कर्मचारीले अत्यन्त गैरजिम्मेवारपूर्ण व्यवहार गरेको भन्दै उनीहरुमाथि कलेज प्रशासनले कारबाही गर्दै निस्कासन गरेको तथा अन्य दुई जनाले माफी मागेको बताएका छन्।

साथै उपकुलपति सिंहले कलेज र छात्राबासबाट निस्कासन गरी घर फर्कने क्रममा अलपत्र परेका सबै विद्यार्थीलाई पुनः कलेजमा फर्र्किएर नियमित शैक्षिक कार्यक्रममा सहभागी हुन पनि आग्रह गरेका छन्।

KIIT apeal1739873291.jpg

 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update