
एलजी ब्राण्डको वाशिङ मेसिन नेपालकै नम्बर वान विश्वासिलो वासिङ मेसिन ब्राण्ड सावित भएको उक्त कम्पनीले दाबी गरेको छ।
नेपालको एलजीको आधिकारिक विक्रेताको रुपमा रहेको देशकै प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रप अन्तरगतको इलेक्ट्रोनिक्स कम्पनीले बुधबार एक विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो।
चौधरी ग्रुपले विगत ४ दशकदेखि उक्त ब्राण्डका उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
जसमा एलजीका रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिशनर, माइक्रोवेभ ओभन तथा अन्य लोकप्रिय इलेक्ट्रोनिक्स उपकरणहरु देशभरीका वितरकहरुमार्फत ग्राहकसमक्ष पुर्याउँदै आएको छ।
नवप्रवर्तन, उत्कृष्ट प्रदर्शन र उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै एलजी वाशिङ मेसिनले घरायसी लुगा धुने प्रविधिमा नयाँ मानक स्थापित गरेको बताउँदै उक्त ब्राण्डका उपकरण नेपालकै सबैभन्दा विश्वासिलो तथा नम्बर १ ब्राण्डका रुपमा निरन्तर कायम रहेको कम्पनीको दाबी छ।
नवीनतम् एलजी वाशिङ मेसिनमा समावेश एआई डाइरेक्ट ड्राइभ प्रविधिले स्वचालित रुपमा उपयुक्त धुने प्रक्रिया चयन गर्ने उल्लेख गर्दै यसमा विभिन्न ६ वटा प्रमुख विशेषता रहेको बताइएको छ।
जसमा स्टीम प्रविधि (एलजी हटाउन र कपडा चिटिक्क राख्न सहयोगी हुने छ भने टर्बोवाश ३६० डिग्रीको प्रविधिले कपडालाई केबल ३९ मिनेटमै छिटो र प्रभावकारी धुलाई प्रक्रिया रहेको छ।
यसैगरी नो बोल्ट, नो पुली डिजाइनले प्रत्यक्ष मोटर ड्राइभ प्रविधि, बढी टिकाउ र प्रभावकारी रहेको छ भने थिनक्यू स्मार्ट कनेक्सनले मोबाइल एपमार्फत टाढैबाट पनि संचालन गर्न सकिने सुविधा उपलब्ध छ।
पूर्ण स्टेनलेस स्टिल ड्रम र टेम्पर्ड ग्लास ढोकाले सजिएको उक्त वाशिङ मेसिन टिकाउ, आकर्षक र बलियो रहेको दाबी कम्पनीले गरेको छ।
चौधरी ग्रुप अन्तर्गत सि। जी इलेक्ट्रोनिक्स ले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ। नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।
एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो। यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन, र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि प्रदान गर्छ।एलजी गुणस्तर, ऊर्जा दक्षता, र नवीन प्रविधिका लागि परिचित छ। यसको उत्पादनहरू १०० ं देशमा उपलब्ध छन्।