नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्न उद्दत भएको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशन उद्घाटन गर्दै सापकोटाले अध्यादेशको बलमा शासन चलाउने कामले वर्तमान प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको आरोप लगाएका हुन्।
उनले प्रधानमन्त्री ओलीलाई संसद बिघटन गरेर निर्वाचनमा गए आफुले बहुमत ल्याउछु भन्ने लागेको दाबी गरे।
सरकारकै कारण २३ दिनसम्म संसद कामबिहीन भएको उनले बताए।
सापकोटाले अध्यादेशबाट शासन चलाउने सरकारको जमर्को पुरै असफल भएको र सरकार अध्यादेशको पासोमा परेको जिकिर गरे।
उनले मुलुकलाई सुशासनतर्फ अघि बढाउनेलाई सरकारले लखेटिरहेको आरोप लगाउँदै संविधान संशोधनका नाममा काग्रेसलाई समेत भ्रममा पारेर एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गरेको तर्क गरे।
वर्तमान सरकारबाट जनताको विश्वास पूर्णरुपमा गुमिसकेको उहाको भनाइ छ। सापकोटाले प्रतिगमनको खतराबिरुद्ध खवरदारी गर्दै संविधानको रक्षा गर्न माओवादीले फागुन १२ गते झापाबाट जनतासंग माओवादी अभियान सुरु गर्न लागेको जानकारी दिए।