हिमाल दैनिक
सीजी मेरिडियाको ‘लेभल अप’ डिलर सम्मेलन पूर्वी नेपालमा सम्पन्न

नेपालको प्रतिष्ठित उद्योग समूह चौधरी ग्रुपले आफ्नो मातहतको सीजी इलेक्ट्रोनिक्सले पूर्वी नेपालमा ‘सीजी मेरिडिया लेभल अप’ विषयवस्तुमा आधारित डिलर सम्मेलन सफलतापूर्व सम्पन्न गरेको छ।

चौधरी ग्रुपको प्रमुख शाखामध्ये एक सीजी इलेक्ट्रोनिक्स कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, यही फागुन ९ गते विराटनगरको विराटचोकमा आयोजित उक्त कार्यक्रम मुख्यतयः नवप्रवर्तनमा केन्द्रित रहेको बताएको छ।

उक्त कार्यक्रममा सर्लाहीदेखि काँकडभिट्टासम्मका क्षेत्रका आफ्ना डिलरहरुर्र्ला व्यवसायिक रणनीति, नयाँ उत्पादन सुरुवात र बजार प्रवृत्तिबारे छलफल भएको सीजी कम्पनीले बताएको छ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले प्रतिस्पर्धाको आधुनिक बजारमा सीजी कम्पनीको सफलताका लागि कम्पनी र वितरकबिच बलियो साझेदारी र सहकार्यको माध्यमबाट नवप्रवर्तन र ग्राहकको सन्तुष्टि सम्भव हुने बताए।

कार्यक्रममा सीजी कम्पनीको सीजी मेरिडिया अन्तगत अत्याधुनिक प्रविधि र उच्च गुणस्तर मापदण्डका नयाँ र विभिन्न उत्पादनका विद्युतीय उपकरणहरु प्रदर्शन गरिएको थियो।

कम्पनीका अनुसार, सीजीले आफ्ना ग्राहकहरुलाई असाधारण उत्पादन र सेवा प्रदान गर्न र आफ्ना डिलरहरुसँग सधैँ बलियो सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको जनाएको छ।

कम्पनीले यस क्षेत्रमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउन आगामी दिनहरुमा यस्ता अन्य कार्यक्रमहरु निरन्तर जारी राख्ने पनि बताएको छ।

 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update