हिमाल दैनिक
बोल्न खोज्दा अवरोध सिर्जना गर्न खोजेपछि बोल्न छाडेको हुँ, माफ पाउँः नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ उद्घाटनका क्रममा आफुलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको आरोप लगाएका छन्।

मंगलबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष पुष्कपमल दाहालको आग्रहमा आफुले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रुपमा अवरोध गर्ने स्थीति उत्पन्न भएकाले मन्तव्यलाई अघि नवढाएको बताए।

सोमबारको कार्यक्रममा सम्बोधन गर्न पुगेका श्रेष्ठले बोल्न सुरु गर्दैगर्दा कार्यक्रम संचालक नजिकै पुगेपछि आक्रोसित हुँदै बोल्न छाडेर बसेका थिए।

उक्त घटनालाई सामान्य रुपमा लिन आग्रह गर्दै उहाले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकतावद्ध ढंगले अघि बढाउन प्रतिवद्ध रहेको बताएका छन्।

त्यस्तै उनले जनतासँग माओवादी तराई–मधेश जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पार्दै पार्टीका नेता, कार्यकता, शुभेच्छुकहरुको भावनालाई सकारात्मक रुपमा लिदै सार्वजनिक रुपमा नै क्षमायाचना गर्न चाहेको बताएका छन्।

उनले अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु अभियान असाधारण ढंगले सफल हुने जिकिर गरे।

श्रेष्ठले सरकारले निरंकुश ढंगले अध्यादेश ल्याएको र अध्यादेश देशको हितमा नरहेको धारणा राखे।

 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update