हिमाल दैनिक
खराब मौसमका कारण कोलकाता डाइभर्ट भएको कतार एयरको जहाज काठमाडौं आइपुग्यो

मौसमको खराबीकबा कारण कोलकाता डाइभर्ट भएको कतार एयरलाइन्सको जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।

परराष्ट्रमन्त्री आरजु राणा चढेको कतार एयरलाइन्सको जहाज शुक्रबार बिहान काठमाडौँ विमानस्थलमा खराब मौसमका कारण अवतरण गर्न नसकेपछि कोलकाता डाइभर्ट भएको थियो।

अपरान्ह २ बजेर १० मिनेटमा कोलकाताबाट काठमाडौं आइपुगेको क्यूटिआर ६५२ कलसाइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइटराडरले देखाएको हो।

उक्त जहाजमा हालै जेनेभामा भएको राष्ट्रसंघीय मानवअघिकार परिषदको ५८औं उच्चस्तरिय बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा रहेकी परराष्ट्रमन्त्री राणा रहेको उनका निजी सचिव कमल रावलले बताए।

कतार एयरको जहाजमार्फत आएकी राणा सवार उक्त जहाज काठमाडौंमा खराब मौसमका कारण अवतरण गर्न नसकेपछि कोलकाता डाइभर्ट भएको थियो।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update