हिमाल दैनिक
पुस २७ गतेलाई पृथ्वी जयन्ती/राष्ट्रिय एकता दिवस स्वीकार्दै सरकारद्वारा सार्वजनिक विदाको घोषणा

नेपाल सरकारले ०८२ साल पुस २७ गते पृथ्त्वी जयन्ती (राष्ट्रिय एकता दिवस)को रुपमा मनाउँन मुलुकभर सार्वजनिक विदा दिने भएको छ।

दोस्रो जनअन्दोलन पश्चात आएको राजनीतिक परिवर्तन र राजसंस्थाको उन्मूलन पश्चात नेपालको एकीकरण प्रक्रियाका सुत्राधार पृथ्वीनारायण शाहको जन्मजयन्तीका रुपमा सार्वजनिक विदा समेत कटाउँदै आएकोमा वर्तमान सरकारले भने आगामी पुस २७ गते आइतबार मुलुकभरी सबैलाई सार्वजनिक विदा दिन घोषणा गरेको हो।

नेपाल सरकार गृहमन्त्रालयले आगामी वर्ष २०८२ मा दिने सार्वजनिक विदा तथा विभिन्न पर्वहरुको सूचि राजपत्रमा प्रकाशित गर्दै वैशाख २९ गते बुद्ध जयन्ती र पुस २७ गते पृथ्वी जयन्तीको विदा दिने बताएको हो।

गृहमन्त्रालयको नाममा फागुन १५ गते प्रकाशित राजपत्रमा उल्लेखित सार्वजनिक विदाको सूचि अनुसार, आगामी वैशाख १ देखि चैत मसान्तसम्ममा जम्माजम्मी २८ दिन सार्वजनिक विदा दिइनेछ।

जसमा नेपाली हिन्दुधर्मावलम्बीहरुको महान चाड दशैंमा ६ दिन, तिहारमा ५ दिन विदा हुने छ भने विभिन्न चाडपर्वसँगै विभिन्न जात, जाति, धर्म, क्षेत्र र समुदायगत रुपमा सार्वजनिक विदा र त्यसको क्षेत्र पनि तोकिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update