हिमाल दैनिक
प्रकृति लम्सालको परिवारमा पुगेर कोइरालाले भने, दोषीमाथि कारबाही हुनु पर्छ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भारतको ओडिसास्थित केआईआईटी कलेजमा भएको दुःखदमा घटनामा परि निधन भएकी प्रकृति लम्सालको बारेमा निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको बताएका छन्।

पार्टीको कार्यक्रममा सहभागी हुन रुपन्देही पुगेका कोइरालाले शनिबार भैरहवास्थित लम्सालका पीडित अभिभावक र परिवारसँग उनको निवासमा भेट्न पुगेका नेता कोइरालाले यस्तो जानकारी दिएका हुन्।

रुपन्देहीको भैरहवा स्थित रहेको उनको निवासमा पुगेर कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाईलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस घट्नालाई अत्यन्तै गम्भीर रुपमा लिएको बताए।

कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विधार्थीहरुलाई सहजता पुर्वक कलेज र होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनको लागि आबश्यक पहल भईरहेको पनि बताए।

फागुन ६ गते ओडिसास्थित केआईआईटी कलेजमा अध्ययनरत लम्साल आफूविरुद्ध त्यहाँका एक विद्यार्थीले गरेको मनोवैज्ञानिक तथा शारिरीक यातनाका कारण आफ्नै कोठामा मृतअवस्थामा भेटिएकी थिइन्।

उक्त घटनाको विषयमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुले कलेल प्रशासनसँग घटनाको बारेमा छानविन र दोषीमाथि कारबाहीको माग गर्दै विरोध जनाएपछि नेपाली विद्याथीहरुलाई छानिछानी कलेज प्रशासनले भौतिक आक्रमण गर्नेदेखि उनीहरुलाई कलेज र होस्टलबाट जबरजस्ती निकालेर घर फर्काएको थियो।

लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डबिक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाललाई साथमा लिएर पुगेका थिए।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update