हिमाल दैनिक
‘नो केबलकार’को नारा लिएर विरोधमा उत्रिएको समूहलाई वार्तामा आउन गृहमन्त्री लेखकको आग्रह

गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन्।

आइतबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री लेखकले नो केवलकार समूहले उठाएका बिषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन्।

उनले केवलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको जानकारी दिए।

गृहमन्त्री लेखकले जनतालाई अनुभूति हुने गरि देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार गम्भीर रहेको पनि बताए।

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गर्ने उनले बताए।

गृहमन्त्री लखेकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको पनि उनले बताए।

त्यस्तै उनले बिभिन्न विधेयकहरु सदनमा पुगेको भन्दै अन्य नीतिगत र कानुनी सुधार गर्ने बिषयमा छलफल भइरहेको जानकारी दिए।

भूकम्पपछिको पुनस्र्थापना र पुननिर्माणको कामले लय समातेको उनको भनाइ छ। उहाले सिमित स्रोत र साधनकाबीच अपेक्षित रुपमा काम हुन नसकेपनि सवैको साथ र सहयोगबाट उपलव्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील ढंगले काम गरिरहेको अवगत गराए।

 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update