
जाडो याम सकिएर गर्मी मौसम नजिकिँदै गर्दा एलजी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यान दिँदै विशेष सेवा प्रदान गर्न निःशुल्क ए.सी. सर्भिस तथा एक्सचेन्ज क्याम्प संचालनमा ल्याएको छ।
नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सि.जी. इलेक्ट्रोनिक्स कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, सबै मौसमका लागि एलजी ए.सी. नाराका साथ अघि बढिरहेको अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले गर्मी बढेसँगै फागुन २० गतेदेखि सिमिति अवधिका लागि नेपालभर आफ्ना उपभोक्ताहरुलाई ‘निःशुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याप’ योजना सुरु गरेको हो।
यस योजना अन्तरगत ग्राहकहरुले कुनै पनि ब्राण्डको ए.सी.मा निःशुल्क सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा उक्त पुरानो ए.सी.को विगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङकनमा एलजीको उच्च गुणस्तरिय ए.सी. साट्न सक्नेछन्।
यसका लागि ग्राहकहरुले सि.जी. कम्पनीको www.cgelex.com/exchange मा गई आफ्नो पुरानो ए.सी.को मूल्याङकन आफैँ पनि गर्न सक्ने सुविधा प्राप्त गर्न सक्ने छन्।
यो सुविधा र सर्भिस लिनका लागि ग्राहकहरुले टोल फ्री नं. १६६–००–१००–२११ वा ०१–५०७०२११ मा अथवा एलजीको सामाजिक सञ्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ।
रजिस्टर गरेपश्चात एलजीका प्राविधिकहरु सेवाग्राहीको घरमै पुगेर आवश्यक सेवा प्रदान गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को मर्मत गर्दा स्पेयर पार्टस्मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको ए.सी. खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ।
साथै ग्राहकहरुले नयाँ ए.सी.मा रु ४ हजार बराबरको फ्री इन्सटलेशन पनि पाउनुका साथ एक्सचेन्ज योजनामा सहभागी हुने ग्राहकहरुले रु ३ हजार मूल्य बराबरका २ वटा निःशुल्क सेवा कुपन पनि प्राप्त गर्ने बताइएको छ।
चौधरी ग्रुप अन्तर्गत सि। जी इलेक्ट्रोनिक्सले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ। नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।
एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो। यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन, र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि प्रदान गर्छ।एलजी गुणस्तर, ऊर्जा दक्षता, र नवीन प्रविधिका लागि परिचित छ। यसको उत्पादनहरू १०० ं देशमा उपलब्ध छन्।