हिमाल दैनिक
अमेरिकाबाट फर्काइएका नागरिकसँग प्रहरीले गर्यो सोधपुछ

नेपाल प्रहरीले अमेरिकाबाट निष्काशन परि नेपाल फर्काइएका नेपालीहरुसंग सोधपुछ गरेको छ।

नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरो पुराइएका उनीहरुलाई सोधपुछ गरिएको हो।

अमेरिका गएको प्रक्रियाका बिषयमा उनीहरुसंग बुझ्ने काम भएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए।

प्रारम्भीक सोधपुछका क्रममा केहि नेपालीहरु ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानून उलंघन गरेर फर्काइएको पाइएको कुँबरले बताए।

त्यस्तै उनीहरुले अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रवक्ता कुँवरले जानकारी दिए।

बुधबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो। सोधपुछ सकिएपछि उनीहरुलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

अमेरिकाबाट चार्टड प्लेनमार्फत फर्काइएका ८ नेपाली प्रहरी अनुसन्धानको घेरामा

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update