हिमाल दैनिक
सीजी ब्राण्ड्को राष्ट्रव्यापी नि:शुल्क एसी सेवा शिविर घोषणा

चौधरी ग्रुप अन्तरगतको सीजी इलेक्ट्रोनिक्स कम्पनीले आफ्ना ग्राहकहरुको समस्यालाई ध्यानमा राख्दै आफ्ना विद्युतीय उपकरणहरुको निःशुल्क मर्मत सम्भार सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ।

सीजी इलेक्ट्रोनिक्सले जारी गरेको विज्ञप्ति अनुसार, कम्पनीले फागुन २० गतेदेखि सिमित समयका लागि आफ्नो ब्राण्डका एसी उपभोक्ताहरुको सुविधाका लागि निःशुल्क एसी सेवा शिविर सञ्चालनको सुरुवात गरेको हो।

जस अन्तरगत ग्राहकहरुले आफ्ना कुनै पनि ब्राण्डका एसी निःशुल्क सर्भिसिङ गर्न सक्नेछन्। यसका लागि ग्राहकहरुले टोल–फ्री नम्बर १६६०–०१०२२११ वा १६६००१००२११ वा ०१५९७०१२२ मा कल गरेर वा वा  [email protected] मा इमेल गरेर दर्ता गर्न सक्नेछन्।

ग्राहकहरुले निःशुल्क एयर फिल्टर प्रतिस्थापन र आफ्नोे एसीको उत्कृष्ट कार्यक्षमताको लागि प्राविधिक विज्ञको सल्लाह पाउन सक्नेछन्। यसका अतिरिक्त स्पेयर पाटर््समा ५० प्रतिशतसम्म छुट र कुनै पनि एसी साट्नमा ५० प्रतिशत अतिरिक्त मूल्याङकन हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सीजीका विज्ञ  प्राविधिकहरूले  सेवा शिविरहरू सञ्चालन गर्नेछन्, उच्च गुणस्तरको सेवा र व्यावसायिकताको सुनिश्चितता गर्दै कम्पनीका कर्मचारीहरूले नयाँ एसीको खरीदमा वा पुराना एसीहरूको साट्नमा ग्राहकलाई सहयोग गर्नेछन्।

कम्पनी द्वारा दिइएको जानकारी अनुसार शिविरमा सहभागीहरूले नयाँ एसी यन्त्र खरिदमा २०५ सम्म छुट, रु ४००० को निशुल्क जडान, र एक्सचेन्जमा रु ३००० को दुई निशुल्क सेवा कुपनको फाइदा उठाउन सक्नेछन्। सीजी ब्राण्ड् उत्कृष्ट बिक्री पछिका सेवाहरू र छिटो प्रतिक्रिया समयको लागि परिचित रहेको छ, र यो पहलले ग्राहक सन्तुष्टि प्रति आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।

    

 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update