हिमाल दैनिक
प्याब्सनको नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारी भन्छन्ः निजी विद्यालय कम्पनीकै रुपमा रहनु पर्छ

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले शिक्षासम्बन्धी मुद्धालाई प्रभावकारी ढंगले उठाउने बताएका छन्।

बुधबार काठमाडौंमा प्याब्सनको नयाँ कार्यसमितिको सपथ ग्रहण तथा पदभार ग्रहणपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष अधिकारीले विद्यालय शिक्षा ऐनमा निजी विद्यालयका विषय समावेश गर्ने, निजी विद्यालयका सम्पतीको सुरक्षा लगाएत समग्र शिक्षासम्बन्धी मुद्धालाइ प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता व्यक्त गरे।

देशको संविधानमा उल्लेखित प्रावधानसँगै संसदमा विचाराधिन शिक्षा सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएका कतिपय विवादस्पद र जटिल  विषयका बाबजूद अध्यक्ष अधिकारीले विद्यालयहरु आजिवन कम्पनीमा रहनुपर्छ भन्ने प्याव्सनको मान्यता रहेको बताए।

उनले निजी विद्यालयका कारण मुलुकको शिक्षा क्षेत्र राम्रो हुदै गएको भन्दै देशभरका निजी विद्यालयलाई असल विद्यालयको रुपमा स्थापीत गर्ने गरि अघि बढ्ने उल्लेख गरे।

प्याव्सनको १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्षमा चयन भएका थिए। भने अन्य पदाधिकारीको चयन निर्वाचनको माध्यमबाट भएको थियो।

निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष डीके ढुंगानाले स्वागत गर्दै पदभार हस्तान्तरण गरेका थिए।

 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update