हिमाल दैनिक
सरकारप्रति कटाक्ष गर्दै कांग्रेस नेता कोइराला भन्छन्ः विनाश काले विपरित बुद्धि

सरकारले पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजिवन सुविधा दिनेगरी कानूनी व्यवस्था गर्न लागेको समाचारप्रति नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कडा प्रतिक्रिया दिएका छन्।

विगत लामो समयदेखि बेलाबेलामा चर्चामा आउँदै र सेलाउँदै गरेको पूर्वपदाधिकारीहरुको सेवा, सुविधा सम्बन्धी कानूनी मस्यौदाको तयारीबारे शुक्रबार कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि नेता कोइरालाले सरकारको उक्त तयारीप्रति कटाक्ष गर्दै ‘विना काले विपरित बुद्धि’ भनि कटाक्ष गरेका हुन्।

पछिल्लो समय परिवर्तित शासन व्यवस्था र राज्यसत्ताप्रति जनतामा उत्पन्न चरम निराशा र वितृष्णाका कारण संविधान र व्यवस्थाविरोधी गतिविधिहरुले तिब्रता पाइरहेकै बेला गृहमन्त्रालयले पूव राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, पूर्व सभामुख, पूर्व राष्ट्रिय सभा अध्यक्ष लगायतलाई मासिक भत्ता, घरभाडा, सवारी साधन तथा इन्धन खर्चदेखि सचिवालय व्यवस्थापनको नाममा राज्यकोषबाट व्यहोर्नेगरी कानून निर्माणको तयारी भइरहेको समाचारले समाजमा संविधान, लोकतन्त्र र यसका प्रमुख हिस्सेदारहरुप्रति जनतामा थप आक्रोसको स्थिति पैदा हुँदैगएको छ।

मुलुकको संक्रमणकालीन अर्थव्यवस्था र कुशासनको चपेटामा जनता आजित भइरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुले संविधान र शासन व्यवस्थाविरुद्ध सडकमै उत्रने क्रम सुरु भएकै समयमा सरकारको उक्त तयारी सम्बन्धी समाचारले कोइरालालाई थप आक्रोसित बनाएको हो।

शुक्रबारको उक्त समाचारलाई आधार बनाउँदै नेता कोइरालाले आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘विनास काले विपरित बुद्धिः सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तिव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुबिधा। यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाउ बरु दिईएको सुविधा पनि घटाऊ।’

shekhar koirala says1741936592.JPG

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update