हिमाल दैनिक
पत्रकार रजकको परिवारलाई भेट्न पुगका देउवाले भनेः तीनकुने घटनाका दोषीमाथि कारबाही हुनु पर्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषिलाई छोड्न नहुने धारणा व्यक्त गरेका छन्।

चैत १५ गते पूर्व राजावादीहरुको सडक बिद्रोहको नाममा आयोजित प्रदर्शन हिंसात्मक बन्न पुगेपछि आन्दोलनकारीले लगाएको आगोमा परि मारिएका क्यामेरापर्सन सुरेश रजकको परिवारलाई आइतबार भेट्न पुगेका सभापति देउवाले उक्त घटनाका दोषिलाई कारवाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताएका हुन्।

सो क्रममा रजकका परिवारले उक्त घटनाको छानविन नै नभएको गुनासो गर्दै दोषी उम्कन सक्ने आशंका व्यक्त गरेका थिए।

पीडित परिवारका सदस्यहरुलाई सान्त्वना दिने क्रममा सभापति देउवाले तीनकुने घटनाको छानविन गर्नुपर्ने पार्टी निर्णय रहेको जानकारी दिएका थिए।

राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनाका साथै धेरै निजि संरचना र सवारी साधान तोडफोड, आगजनी र लुटपाटका कारण ध्वस्त भएको भन्दै सभापति देउवाले सरकारले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने अडान दोहोर्याए।

सुरेश रजकका परिवारले सवै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेका थिए।

उक्त दिनको प्रदर्शनमा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ निवासी सविन महजृनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने, पत्रकार रजक कार्यक्रमस्थल नजिकैको निजी घरको माथिल्लो तलामा पुगेर तोडफोड र लुटपाटको भिडियो खिस्ने क्रममा तल सडकमा रहेका आन्दोलनकारीले लगाएको आगोमा परि जलेर मरेका थिए।

उक्त कार्यक्रमको मुख्य कमाण्डर भनिएका विवादित मेडिलकल व्यवसायी दुर्गा प्रसाई सोही दिन प्रहरीको सुरक्षा घेरा तोड्ने नाममा जथाभावी गाडी कुदाएर आतंक फैलाएलगत्तै केही समयमै फरार भएका थिए।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update