
नयाँ वर्षको आगमनसँगै सीजी कम्पनीले आफ्ना ग्राहकहरुलाई कम्पनीका घरायसी उपकरणहरुको खरिद गर्दा आफ्नो लेभल अप क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ योजना सार्वजििनक गरेको छ।
चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्स कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, नयाँ वर्ष २०८४ को पूर्वसन्ध्यामा यही चैत २२ गतेदेखि लागू हुनेगरी आफ्ना ग्राहकहरुले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरुको खरिदमा विशेष सुविधा प्राप्त गर्न सक्नेछन्।
जसमा कम्पनीले ६२ हजार ८०० सम्मको क्यासब्याकदेखि पक्का उपहारहरुको सूचिमा ६५ देखि १०० इन्चको सीजी मेरिडिया गुगल टिभी खरिद गर्दा २.१ को स्पिकर, सेमी–अटोमेटिक र टप–लोड वासिङ मेसिनको खरिदमा २ केजी एरियल पाउडर, फ्रन्टलोड वासिङ मेसिनको खरिद गर्दा ६ केजी एरियल पाउडर, साइड–बाई–साइड र मल्टि–डोर रेफ्रिजेरेटर खरिदमा मिक्सर ग्राइन्डर, डिशवाशरको खरिदमा डिशवाशर किट तथा एयर कन्डिसनरको खरिद गर्दा निःशुल्क इन्स्टलेशन सेवाको व्यवस्थ गरिएको छ।
कम्पनीका अनुसार, यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरु र देशभरका च्यानल पाटैनरहरुमार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ।
नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सीजीले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर छ।
निक्कै लामो समय देखि सीजीले उत्कृष्ट बिक्रीपछिको सेवा, उच्च ग्राहक सन्तुष्टि र विश्वस्तरीय प्रविधिद्वारा ग्राहकहरूको मन जित्दै आएको छ।
देशभरका प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरी, सीजीले आफ्ना ग्राहकहरूलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ।
नेपालमा, सीजी ले आफ्ना प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरिसकेको छ र यो ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा र निरन्तर सहयोग सुनिश्चित गर्न समर्पित रहेको कमपनीको दाबी छ।