हिमाल दैनिक
नयाँ वर्षको आगमनसँगै सीजी इलेक्ट्रोनिक्सले ल्यायो ब्राण्डैपिच्छे अलग अलग उपहार र बम्पर योजना

नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सीजी इलेक्ट्रोनिक्स कम्पनीले आफ्ना उत्पादनैपिच्छे अलग अलग उपहार योजना ल्याएर ग्राहकहरुलाई आकर्षित गर्ने रणनीति अपनाएको छ।

नयाँ वर्ष २०८२ को आगमन नजिकिँदै जाँदा सीजी इलेक्ट्रोनिक्सले बजारमा उपलब्ध गराउँदै आएका घरायसी उपकरणहरुका खरिदकर्ता ग्राहकलाई हरेक ब्राण्डका उपकरण खरिद गर्दा क्यासब्याक अफरदेखि विदेश यात्राको अवसर समेत उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो।

जसअनुसार, इलेक्ट्रोनिक्स ब्राण्ड सीजी एसडीएले लेभल अप अभियान अन्तर्गत ‘लेभल अप विथ सीजी, लाइफ हुन्छ इजी’ नाराको अभियानमा घरायसी उकरण खरिद गर्दा ग्राहकहरुलाई रोमाञ्चक पुरस्कार प्रदान गर्ने बताइएको छ।

चैत २२ गतेदेखि लागू हुनेगरी सुरु गरिएको उक्त योजनामा सीजी एसडीए उत्पादनहरुको खरिद गर्दा क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नु पर्नेछ। जसमा साप्ताहिक पुरस्कार अन्तर्गत ग्राहकहरुले अभियानको अवधिभर हरेक हप्ता आकर्षक पुरस्कार जित्न सक्नेछन्।

अभियानको अन्त्यमा सहभागीहरुले बम्पर पुरस्कार स्वरुप थाइल्याण्ड भ्रमण र सीजी मेघौली सिरियलको विलासी यात्राको अवसर प्राप्त गर्न सक्नेछन्।

Elica-New year Offer-Press (4)1744287422.jpg

त्यसैगरी सीजीकै एलिका ब्राण्डका उत्पादनहरुमा लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स नामक अर्को विशेष अभियानमा ग्राहकहरुले एलिका ब्राण्डका अत्याधुनिक किचन उपकरणहरु खरिद गर्दा विशेष छुट र उपहार प्राप्त गर्ने छन्।

उक्त अभियानको माध्यमबाट ग्राहकहरुले खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो महसुस गर्न सकनेछन्।

एलिकाका उत्पादनहरु नवीनतम् प्रविधिमा आधारित रहेको कारण उर्जा बचत, उत्कृष्ट प्रदर्शन दीर्घकालीन टिकाउपनको सुनिश्चिता गर्दै विभिन्न सेवा र सुविधा उपलब्ध गराइने छ।

यसैगरी सीजी कमपनीले विक्री वितरण गर्दै आएको मिडियाले आफ्ना उत्पादनहरुको खरिदकर्ता ग्राकहहरुलाई अपराजय अफरहरु, लक्की ड्र र क्यासब्याक अफरमार्फत ग्राहकहरुको जीवन अझै सरल र सहज बनाउने घोषणा गरेको छ।CG media1744287575.jpg

यस अभियानका क्रममा ग्राहकहरुले उक्त कम्पनीका घरायसी उपकरणहरु खरिद गर्दा लक्की ड्र मार्फत ५१९ लिटरको मल्टि डोर रेफ्रिजेरेटरदेखि ८ किलोको वासिङ मेसिन, डीडी रेफ्रिजेरेटर, राइस कुकर लगायतका अनगिन्ती उपहारसँगै ३७ हजार रुपैयाँ बराबरको क्यासब्याक समेत पाउन सक्नेछन्।

यसका लागि ग्राहकहरुले सीजीले उपलब्ध गराउँदै आएका विभिन्न सामानहरु खरिद गर्दा प्राप्त क्यूआर कोड स्क्यान गरी आफ्नो खरिद दर्ता गर्नु पर्नेछ।

Kent-New-Year-Offer-press1744287710.jpg

यसैगरी सीजी इलेक्ट्रोनिक्सले उपलब्ध गराउँदै आएको केन्ट ब्राण्डको वाटर फिल्टर खरिद गर्दा विभिन्न आकर्षक उपहार र पुरस्कारसँगै सतप्रतिशत शुद्ध पानी र स्वस्थ र स्वच्छ जीवनको प्रत्याभूति दिलाउने कोशिश गरेको छ।
नयाँ वर्षको अवसरमा संचालित यस अभियानमा ग्राहरुहरुले केन्ट ब्राण्डका उपकरण खरिद गर्दा सीजी 

इलेक्ट्रोनिक्सले १२ महिनाको वारेन्टी, निःशुल्क डेलिभरी, शून्य प्रतिशत इएमआई र निःशुल्क जडान सेवा पनि उपलब्ध गराउने छ।

 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update